Sunday, December 12, 2010

पुष अन्तिम साता तहल्का डटकम




शिक्षित युवा बेरोजगार भएपछी उनीहरूले पार गर्नसक्ने सिमाको बिषयलाई लिएर निर्माण गरिएको चलचित्र 'तहल्का डटकम' पुष महिनाको अन्तिम साताबाट देशभर प्रदर्शनमा आउने भएको छ ।

दिपक परिकोटीले निर्देशन गरेको सो चलचित्र युवाबर्गलाई लक्षित गरि निर्माण गरिएको बताईएको छ । यसभन्दा अगाडी 'तेजाब' नामक चलचित्र बनाएका दिपकले शिर्षक अनुसार चलचित्रमा चोरी डकैतीको कथालाई प्रस्तुत गरिएको  बताए । चलचित्रमा रमित ढुंगाना, दिलिप रायमाझी, ऋचा घिमिरे, पूजना स्त्री, हेमन्त बुढाथोकीलगायतको अभिनय रहेको छ ।

स्पीड ग्रुप अफ मेकर्सको व्यानरमा राजेन्द्रमान श्रेष्ठ, रबिन महर्जन तथा अर्जुन महर्जनले निर्माण गरेको सो चलचित्रमा बसन्त सापकोटा र दिपक शर्माको संगीत, अष्ट महर्जनको द्वन्द, शिव शर्माको नृत्य तथा युवराज राईको छायाँकन रहेको छ ।