कस्तो लाग्यो त पहिलो भेटमा रमित ? भन्दा प्रशन्नले 'झट्ट हेर्दा पर्फेक्ट लाग्यो' बताए । आगामी माघ १४ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र स्वरका समेत निर्देशक रहेका ३३ बर्षे प्रशन्नको बुधबारको त्यो विबाहको सहभागीता जिवन कालकै ११औ रहेछ । । उनी भन्दै थिए 'म हत्तपत्त बिवाहमा सहभागी हुदिँन त्यसैले सायद यो मेरो जीवनको एघारौ सहभागीता हो ।'

यस्तै उता ३० बर्षे रमितको चाहिँ बुधबारको विबाह भोज करिब १ सय नम्बरको हाराहारीमा रहेछ । परिवारको सर्कल निकै ठूलो भएको भन्दै रमितले भन्दै थिए 'पचास वटा भन्दा बढी आफ्नै परिवार भित्रको बिहेमा सहभागी भए होला ।' नाम सुनेका तर अनुहार नदेखेका डाईरेक्टरलाई प्रत्यक्ष देख्दा कस्तो अनुभव भयो त भन्दा रमितले भने 'बहुत मज्जा लाग्यो ।'